ओमनविरुद्ध सानदार जितपछि कीर्तिपुर मैदानमा छाएको खुशी (तस्बिरहरु) – Nepal Press

ओमनविरुद्ध सानदार जितपछि कीर्तिपुर मैदानमा छाएको खुशी (तस्बिरहरु)

काठमाडौं । कुशल मल्लको विष्फोटक शतकमा नेपालले एसीसी प्रिमियर कप अन्तर्गत ओमानविरुद्धको म्याचमा शानदार जित दर्ता गरेको छ ।

टस हारेर ब्याटिङ गर्दै नेपालले दिएको ३११ रनको विशाल लक्ष्य ओमानले पछ्याउन सकेन । नेपालले ओमानलाई ८४ रनले हराएको हो ।

नेपालले ४६.३ ओभरमा ओमानको नवौं विकेट ढाल्दै नेपालले ८४ रनको जित दर्ता गरेको हो । ओमानका दशौं नम्बरका ब्याट्सम्यान घाइते भएर क्रिजमा उत्रिन नसकेपछि ९ विकेटमै खेल समाप्तिको घोषणा गरिएका थियो । ओमानले २२६ रन मात्रै जोड्न सक्यो ।

त्रिवि मैदानमा भएको खेलमा नेपालले निकै खराब सुरुवात गरेको थियो । नेपालका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले खाता खोल्न नसकि आउट भएपछि नेपाललाई कप्तान रोहित पौडेल र भिम कार्कीले सम्हाल्ने प्रयास गरे ।

उनीहरुबीच ५२ रनको साझेदारी भयो । आउट हुनुअघि रोहितले ३४ बलमा २ चौकाको मद्दतले २३ रन बनाएका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर