विस्फोटक ब्याटिङ गर्दै शतक बनाएका कुशल भन्छन्- ‘लुज’ बललाई राम्रोसँग खेलेँ – Nepal Press

विस्फोटक ब्याटिङ गर्दै शतक बनाएका कुशल भन्छन्- ‘लुज’ बललाई राम्रोसँग खेलेँ

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत शुक्रबार ओमानविरुद्ध शानदार सतक बनाएका कुशल मल्लले निकै खुशी लागेको बताएका छन् ।

उनले ‘लुज’ बललाई राम्रोसँग खेलेको बताए । ‘कोचले बल हेर्दै राम्रोसँग खेल भन्नु भएको थियो। त्यसैअनुसार भयो’, खेलपछि आयोजित पत्रकार सम्मेलनमा कुशलले भने ।

उनले ५९ बलमा शतक पुरा गरेका थिए । कुशलले खेलमा १०८ रन बनाए । उनलाई प्लेयर अफ दी म्याचको अवार्ड पनि दिइयो। कुशलले ६४ बलमा १० छक्का र ९ चौका प्रहार गरेका थिए ।

उनी एकदिवसीय अन्तर्राष्ट्रियक क्रिकेटमा सतक बनाउने छेटौँ नेपाली ब्याट्सम्यान हुन् । जारी प्रतियोगिताअन्तर्गत पहिलो खेलमा मलेसियाविरुद्ध पनि कुशलले आक्रामक ब्याटिङ गर्दै अर्धसतक पुरा गरेका थिए ।

उनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म एक सतक र ४ अर्धसतक बनाएका छन् । ओमानलाई ३ सय ११ रनको लक्ष्य दिएको नेपाल ८४ रनले विजयी भयो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर