‘आर्थिक समस्या समाधानका लागि सरकार र राष्ट्र बैंक निजी क्षेत्रसँग सहकार्य गर्न सकारात्मक पाएका छौं’ – Nepal Press

‘आर्थिक समस्या समाधानका लागि सरकार र राष्ट्र बैंक निजी क्षेत्रसँग सहकार्य गर्न सकारात्मक पाएका छौं’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले वर्तमान आर्थिक समस्याको समाधान नेपाल सरकार तथा निजी क्षेत्र दुवैको पहिलो प्राथमिकतामा रहेको र छिट्टै यसको समाधानको उपाय निस्कने बताएका छन् ।

नुवाकोट उद्योग वाणिज्य संघको १८औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष ढकालले हालै सम्पन्न महासंघको ५७औँ वार्षिक साधारण सभामा अध्यक्षको रुपमा पदभार ग्रहण गर्दै गर्दा केही प्राथमिकता उल्लेख गरेको बताउँदै त्यसमध्ये वर्तमान आर्थिक समस्याका समाधान उच्च प्राथमिकतामा रहेको बताए ।

ढकालले भने, ‘यसबारेमा हाम्रो नयाँ कार्यसमितिले अर्थमन्त्री, नेपाल राष्ट्र बैंकका गभर्नरलाई भेटेर समाधानका उपाय बारेमा छलफल गरिसकेका छौं । आज मात्रै पनि प्रधानमन्त्रीसंग यस बारेमा थप छलफल गर्ने कार्यक्रम तय भएको छ । हामीले सरकार र राष्ट्र बैंक वर्तमान आर्थिक समस्या समाधान गर्न निजी क्षेत्रसँग सहकार्य गर्न सकारात्मक पाएका छौं ।’

साथै ढकालले अर्थमन्त्री र गभर्नरले यसको समाधान गर्ने आश्वासन पनि दिएको र समाधानको उपाय छिट्टै आउने विश्वास रहेको बताए ।

ढकालले नुवाकोट जिल्ला संघीय राजधानीदेखि नजिक रहेको बताउँदै यहाँ कृषि, पर्यटन र जलस्रोतलगायत धेरै क्षेत्रकोे सम्भावना रहेको बताए । उनले यहाँका सम्भावित क्षेत्रमा आयोजनाहरु पहिचान गर्न सके त्यसमा पुँजी र प्रविधिको अभाव नहुने पनि बताए ।

ढकालले व्यक्तिगत रुपमा वा महासंघको अध्यक्षको रुपमा सहकार्य गर्न तयार हेको बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर