तत्कालीन प्रमुख नापी अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर – Nepal Press

तत्कालीन प्रमुख नापी अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार अनुसन्धान दुरुपयोग आयोगले नापी कार्यालयका चाबहिलका तत्कालीन प्रमुख नापी अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले जग्गाको नक्सा आफूखुशी जोडेको र नक्सामा नभएको क्षेत्रफललाई कानूनविपरीत कित्ताकाट गरेको भन्‍दै नापी कार्यालय चाबहिलका तत्कालीन प्रमुख नापी अधिकृत दुर्गादास महर्जनसहित ८ जनाविरुद्ध विशेष अदातल काठमाडौँमा मुद्दा दायर गरेको हो ।

आयोगले महर्जनसहित, नापी अधिकृत रविशंकर पाण्डेय र सर्भेक्षक रामनारायण यादवले मूलपानी १ ख कि।नं। ७०८, ७०९, ६६६ र ८१३ को कित्ताकाट गर्ने क्रममा सरकारी कागजातको रुपमा चिनिने नक्सामा अनाधिकृतरुपमा कित्ताको आकारप्रकार परिवर्तन गरी नक्सा सच्याएको ठहर गरेको छ ।

उक्त कार्यमा मालपोत चाबहिलका तत्कालीन मालपोत अधिकृत विष्णुप्रसाद काफ्ले र नायव सुब्बा उत्‍तम कुँवर तथा झापाको कमल गाउँपालिका–२ का योगेन्द्र आचार्य , काठमाडौँ कागेश्वरी मनोहरा–९ का सिताराम अधिकारी र काठमाडौँ महानगरपालिका–९ का नविन दाहालको पनि संलग्नता रहेको अख्तियारले दाबी गरेको छ ।

आचार्य, अधिकारी र दाहालले टायल चेकबाट क्षेत्रफल बढी कायम गरी नक्सा तयार गर्ने कार्यमा नापी कार्यालय, चावहिलका कर्मचारीलाई परिवर्तित नक्साबमोजिमको क्षेत्रफल कायम गरी गलत लिखत पारित गर्न मतियारको रुपमा सहयोग पुर्‍याएको अख्तियारको ठहर छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *