झलनाथको टिप्पणी: शक्तिमा हुँदा ओलीले व्यवस्था निमोठ्न खोजेपछि अहिले कसैको बहुमत आएन – Nepal Press

झलनाथको टिप्पणी: शक्तिमा हुँदा ओलीले व्यवस्था निमोठ्न खोजेपछि अहिले कसैको बहुमत आएन

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले पहिलो निर्वाचनमा कम्युनिष्ट पार्टीलाई दुई तिहाई बहुमत दिँदा व्यवस्था निमोठ्न खोजेपछि अहिले कसैलाई बहुमत नदिएको बताएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधानपछिको पहिलो निर्वाचनले देश संवैधानिक स्थिरता प्राप्त गरिसकेको भएपछि नेतृत्वले गतल कदम चालेको बताए।

‘संविधानसभापछि पहिलो पहिला निर्वाचनपछि राजनीतिक स्थिरता प्राप्त भइसकेको जनताले महसुस गरेका थिए। दुई तिहाइका सरकार बनेपछि जनताको भावना, चाहना, आकाङ्क्षा चुलिएको थियो। तर, उल्टै नेतृत्वले हामीले ल्याएको व्यवस्था निमठ्न खोज्यो’ उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै भने।

नेतृत्वले देशलाई स्थिरता नचाहिने भन्दै संसद विघटन गरेको आरोप लगाए। ‘जनताले पाँच वर्ष मज्जाले सरकार चलाउनु भनेर मत दिएका थिए। किन चाहियो दुई तिहाई र स्थिरता रु भनेजस्तो भयो’ उनले भने, ‘जनताको विश्वासमाथि कुठाराघात भयो। त्यो कुठाराघातले देशलाई लामो समय हानी गरेको छ। दोस्रो पटकको निर्वाचनमा पनि कुनै दलको बहुमत आएन। संघ र प्रदेशमा नै कुनै पनि दलको बहुमत आएन।’

ओलीले दुई तिहाइको मतलाई लत्याएर सनकको भरमा संसद् नै विघटन गरेकाले पाँच वर्ष खेर गएको उनको भनाइ छ। उनले नेतृत्वमा भएको कुर्सीप्रतिको मोहका कारण मुलुक राजनीतिक र आर्थिक संकटमा देखिएको टिप्पणी गरे।


प्रतिक्रिया

3 thoughts on “झलनाथको टिप्पणी: शक्तिमा हुँदा ओलीले व्यवस्था निमोठ्न खोजेपछि अहिले कसैको बहुमत आएन

  1. यो झले ७० करोडको सर्प ले डसेको अर्ध पागल हो ।

    1. ब्यबस्था निमोठ्न खोज्ने ओलीको पार्टीले सबैभन्दा धेरै लोकप्रिय मत किन पाएछ? यो सर्पे झल्लु संग यसको जवाफ छ? हरूवा झल्लुका गफै ठुला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर