त्रिवि र मूलपानी क्रिकेट मैदानमा वर्ल्डलिंकको डेडिकेटेड इन्टरनेट सुविधा – Nepal Press

त्रिवि र मूलपानी क्रिकेट मैदानमा वर्ल्डलिंकको डेडिकेटेड इन्टरनेट सुविधा

काठमाडौं । वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले नेपालमा क्रिकेटका लागि आवश्यक पर्ने इन्टरनेटसम्बन्धी सम्पूर्ण पूर्वाधार प्रदान गर्ने भएको छ ।

क्रिकेटको लागि आवश्यक कनेक्टिभिटीसम्बन्धी हरेक पूर्वाधार प्रदान गर्न वर्ल्डलिंक र क्रिकेट संघ नेपालबीच सम्झौता भएको हो ।

सम्झौताअनुसार मूलपानी र कीर्तिपुर क्रिकेट मैदानमा वर्ल्डलिंकले वैकल्पिक अप्टिकल फाइबर केवलसहित ४० एमबीपीएस गतिको डेडिकेटेड इन्टरनेट सुविधा उपलब्ध गराउनेछ । यससँगै जारी एसीसी क्रिकेट कप अवधिभरका लागि दुवै स्थानमा एक सय एमबीपीएसको डेडिकेटेड इन्टरनेट जडान गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले तीन वर्षका लागि भएको सम्झौताको अवधि दुवै पक्षबीचको आपसी समझदारीमा बढाउन सकिने बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर