नेपाललाई पहिलो सफलता, ललितले लिए जतिन्दरको विकेट
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
२०८० वैशाख ८ गते १३:४०
![](https://www.nepalpress.com/wp-content/uploads/2023/04/lalit-rajbansi.jpg)
काठमाडौं । एसीसी प्रिमियर लिग अन्तर्गतको जारी खेलमा ओमानविरुद्ध नेपालले पहिलो सफलता प्राप्त गरेको छ ।
आफ्नो स्पेलको पहिलो ओभर बलिङमा आएका ललितले ओमानका ओपनर जतिन्दर सिंहलाई आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाए ।
त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको ३३१ रनको विशाल लक्ष्य पछ्याएको ओमानका लागि ओपनिङमा आएका जतिन्दर १२ बलमा २ चौकासहित १५ रन बनाएर बोल्ड आउट भए ।
प्रतिक्रिया
सम्बन्धित खवर