सोमपालको आक्रामक अर्धशतकमा विशाल योगफलतर्फ नेपाल – Nepal Press

सोमपालको आक्रामक अर्धशतकमा विशाल योगफलतर्फ नेपाल

काठमाडौं । तल्लो क्रमका ब्याटर सोमपाल कामीको अर्धशतकमा नेपाल जारी एसीसी प्रिमियर कप अन्तर्गत ओमानविरुद्धको खेलमा विशाल योगफल तर्फ अघि बढेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालका लागि आठौं नम्बरमा क्रिजमा आएका सोमपालले ३९ बलमा ७ चौका प्रहार गर्दै ओडीआई करियरको दोस्रो अर्धशतक पुरा गरे ।

यसअघि, सोमपालले नेपालले सन् २०१८मा खेलेको दोस्रो एकदिवसीय खेलमा अर्धशतक बनाएका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर