आउट भए भीम, नेपाललाई चौथो झट्का – Nepal Press
एसीसी प्रिमियर कप

आउट भए भीम, नेपाललाई चौथो झट्का

काठमाडौं । जारी एसीसी प्रिमियर कपमा नेपालले ओमानविरुद्ध चौथो विकेट गुमाएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालका लागि कप्तान रोहित पौडेलसँग अर्धशतकीय साझेदारी गर्दै राम्रो सुरुआत दिएका भीम सार्की २०.३ ओभरमा जिसम मक्सुदको बलमा स्टम्ट आउट भए ।

उनले आउट हुनुअघि ५६ बल खेल्दै ४ चौका र एक छक्का प्रहार गरे । यसअघि, ओमानले तेस्रो सिकार कप्तानर रोहितलाई बनाएको थियो । रोहित फैयाज बटको बलमा क्याच आउट भएका थिए । उनी, ३४ बलमा २ चौका प्रहार गर्दै २३ रन जोडेर आउट भए ।

२८ बलसम्म पनि खाता नखोली नेपालले दुबै ओपनर गुमाएको थियो । कुशल भुर्तेल २.२ ओभरमा डक आउछ भए । उनी बिलाल खानको बलमा एलबीडब्लू आउट भए । यस्तै, आसिफ ३.४ ओभरमा कलिम उल्लाको बलमा बोल्ड भए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर