नेपालले २८ बलमा पहिलो रन जोड्यो – Nepal Press
एसीसी प्रिमियर लिग

नेपालले २८ बलमा पहिलो रन जोड्यो

काठमाडौं । एसीसी प्रिमियर लिग अन्तर्गत जारी खेलमा ओमानविरुद्ध सुरूआत गर्न संघर्ष गरिरहेको नेपाले २८ बल खेल्दा पहिलो रन जोडेको छ ।

नेपालका लागि तेस्रो नम्बरमा क्रिजमा उत्रिएका भीम सार्कीले नेपालका लागि पहिलो रन जोडे ।

खाता नखोली दुवै ओपनर गुमाएको नेपालका लागि भीमले ४.४ ओभरमा पहिलो रन जोडे ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले ४ ओभरको समाप्तीमा पनि कुनै रन जोड्न सकेको छैन । एक रन पनि नजोडी दुवै ओपनर गुमाएको नेपालका ओपनर कुशल भुर्तेल २.२ ओभरमा डक आउछ भए । उनी बिलाल खानको बलमा एलबीडब्लू आउट भए ।

यस्तै, आसिफ ३.४ ओभरमा कलिम उल्लाको बलमा बोल्ड भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर