ओमानले टस जित्यो, पहिला ब्याटिङ गर्दै नेपाल – Nepal Press
एसीसी प्रिमियर कप

ओमानले टस जित्यो, पहिला ब्याटिङ गर्दै नेपाल

काठमाडौं । एसीसी प्रिमियर कप समूह ए अन्तर्गत आफ्नो दोस्रो खेलमा ओमानले नेपालविरुद्ध टस जितेको छ ।

ओमानका कप्तान जिसन मक्सुदले टस जितेर पहिला फिल्डिङ रोजेसँगै नेपालले पहिला ब्याटिङको निम्तो पाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केहिबेरमा सुरू हुने खेलका लागि नेपालले टीममा एक परिवर्तन गरेको छ । गुलशन झालाई बेन्चमा राख्दै उनको स्थानमा करण केसीलाई प्लेइङ ११ मा फर्काएको छ ।

पहिलो खेलमा मलेसियालाई पराजित गरेको नेपाल आजको खेलमा ओमानलाई पराजित गर्दै लगातार जित लक्ष्यसहित मैदान उत्रिने लक्ष्यमा रहेको छ ।

प्रतियोगितामा नेपालसहित १० राष्ट्र सहभागी छन् । हरेक पाँच राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको समूह ‘ए’ मा नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरब छन् । समूह ‘बी’ मा यूएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । दुवै समूहका शीर्ष दुई टीमले सेमिफाइनल खेल्नेछन् । सेमिफाइनल वैशाख १६ गते र फाइनल वैशाख १८ गते टीयू क्रिकेट मैदानमा हुनेछ ।

प्रतियोगिताको विजेताले पाकिस्तानमा हुने एसिया कपमा भारत र पाकिस्तानको समूहमा रहेर खेल्न पाउनेछ । शीर्ष तीन टीमले जुलाईमा आयोजना हुने ‘एसीसी इमर्जिङ टिम्स’ एसिया कप खेल्न पाउनेछन् ।

नेपालको प्लेइङ ११

कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, रोहित पौडेल (कप्तान), कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर