प्रवक्तालाई कार्यवाहकको जिम्मेवारी दिएर पोखराका मेयर र उपमेयर जापान भ्रमणमा – Nepal Press

प्रवक्तालाई कार्यवाहकको जिम्मेवारी दिएर पोखराका मेयर र उपमेयर जापान भ्रमणमा

पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य र उपमेयर मञ्जुदेवी गुरुङ विदेश भ्रमणमा गएका छन् ।

उपमेयर गुरुङ तीन दिनअघि नै बेलायत प्रस्थान गरेकी हुन् भने मेयर आचार्य शुक्रबार जापान प्रस्थान गर्नेछन् । मेयरको बिहीबार बिदाइ गरिसकिएको छ ।

यो अवस्थामा पोखराको मेयर र उपमेयर दुवैका जिम्मेवारी प्रवक्ता तथा पोखरा २५ का वडाध्यक्ष मोति तिमिल्सिनाले पाएका छन्

प्रमुख र उपप्रमुख दुवै जना विदेश भ्रमणमा गएपछि आफूलाई कार्यवाहकको जिम्मेवारी दिइएको तिमिल्सिनाले प्रतिक्रिया दिए ।

‘उपमेयर ज्यू ३ दिन अघि नै जानुभएको हो । मेयर आज बिदाइ हुनुभएको छ । कार्यवाहकको जिम्मेवारी मलाई दिनुभएको छ,’ उनले भने ।

तिमिल्सिना करिब ९/१० दिन जिम्मेवारीमा रहनेछन् । यो बीचमा महत्वपूर्ण निर्णयहरू नहुने तिमिल्सिनाले स्पष्ट पारे । ‘मेयर साबले दिनुभएको अधिकार लिएर महानगरको नीति नियममा रहेर काम गर्नेछु । यो बीचमा महत्वपूर्ण निर्णयहरू हुँदैनन् । दैनिक कार्य सञ्चालनका कामहरू हुन्छ,’ उनले भने

मेयर आचार्य जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को औपचारिक निमन्त्रणामा जापान जान लागेका हुन् । उनी शुक्रबार नेपाल एयर लाइन्सको विमान मार्फत जापान जानेछन् ।

तीन दिनअघि बेलायत गएकी उपमेयर गुरुङ बेलायतस्थित तमु धिं यूके लगायत विभिन्न सरकारी तथा अन्य संघ संस्थाहरूको औपचारिक तथा अनौपचारिक कार्यक्रमहरूमा सहभागी हुन गएकी हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर