रेखाको फिल्मबाट आँचलले हात झिकेको पूजाले दिइन् संकेत – Nepal Press

रेखाको फिल्मबाट आँचलले हात झिकेको पूजाले दिइन् संकेत

काठमाडौं । रेखा थापाको अनटाइटल्ड प्रोजेक्टबाट नायिका आँचल शर्मा (दवाडी) अलग भएको संकेत अर्की नायिका पूजा शर्माले सामाजिक सञ्जालमार्फत गरेकी छन् । उनले बुधबार बिहान फेसबुकमा एउटा तस्विर पोस्ट गर्दै यस्तो संकेत गरेकी हुन् ।

पूजाले रेखा र आफ्नो तस्विर राखेर तेस्रो फ्रेममा भने प्रश्नचिन्ह राखेकी छन् । यसले चलचित्रमा तेस्रो नायिकाको स्थान खाली रहेको इंगित गर्छ ।

‘नायकविहीन’ नारीप्रधान चलचित्रमा रेखासहित पूजा र आँचल प्रमुख भूमिकामा देखिने कुरा थियो । तर, रेखाले स्क्रिप्ट नदिएपछि आँचलले फिल्मबाट हात झिकेकी थिइन् । यो खबर नेपाल प्रेसले चैत १ गते सार्वजनिक गरेको थियो । उक्त समाचारलाई निर्माण टीमले स्वीकार्न सकेन । अन्ततः आँचल बाहिरिएको संकेत पूजाले दिएकी छन् ।

आँचलले चलचित्र नगर्ने भएपछि निर्माण टीम अहिले अर्की हिरोइनको खोजीमा जुटेको बुझिएको छ । रेखा फिल्म्सको ब्यानरमा निर्माण हुने यो चलचित्रको निर्देशन ज्ञानेन्द्र देउजाले गर्दैछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर