कपिलवस्तुको विजयनगरमा आगलागी, २६ घरगोठ नष्ट – Nepal Press

कपिलवस्तुको विजयनगरमा आगलागी, २६ घरगोठ नष्ट

रुपन्देही । कपिलवस्तुको विजयनगर गाउँपालिकामा आगलागी हुँदा २६ घरगोठ जलेर नष्ट भएको छ । गाउँपालिकको वडा नम्बर ५ सिसवामा बिहीबार बिहान लागेको आगो ३ घन्टापछि नियन्त्रणमा आएको वडा अध्यक्ष अनवर मुसलमानले बताए ।

शिवराज नगरपालिका, कृष्णनगर नगरपालिका, प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीयको सहयोगमा ३ घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो ।

फुसको ९ वटा घर पूर्ण, १७ वटा आंशिक गरी २६ वटा घरगोठ जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ ।

आगोले खाद्यान्न, लत्ताकपडा, कागजपत्रलगायतका सामग्री जलेर नष्ट भएको छ । आगलागीका कारण एक करोडभन्दा बढीको क्षति भएको वडा अध्यक्ष मुसलमानले जानकारी दिए ।

आगलागीमा परी एउटा पाडो मरेको स्थानीयले जनाएका छन् । दिउँसोको समय भएकाले कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।हो । स्थानीय कुसुम पासिको घरबाट सुरु भएको आगो गाउँमा भएका फुसका घरगोठमा फैलिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर