हरियो नम्बर प्लेटको सवारीलाई पर्यटकमैत्री बनाउन मस्यौदा समिति गठन – Nepal Press

हरियो नम्बर प्लेटको सवारीलाई पर्यटकमैत्री बनाउन मस्यौदा समिति गठन

काठमाडौं । पर्यटक सवारी (हरियो नम्बर प्लेट) पर्यटकमैत्री बनाउन समिति गठन भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पर्यटक सवारी सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८० मस्यौदा समिति गठन गरिएको बताएका छन् ।

पर्यटक सवारी पर्यटकमैत्री नभएको भन्दै जनताबाट व्यापक गुनासो आएकाले त्यसलाई सम्बोधन गर्न समिति गठन गरिएको मन्त्री किराँतीले बताए । मन्त्रालयको पर्यटन महाशाखा प्रमुख संयोजक रहने समितिमा ९ जना सदस्य र एकजना सदस्य सचिव रहनेछन् ।

सदस्यहरुमा यातायात व्यवस्था विभागका निर्देशक, यातायात व्यवस्था कार्यालय सानाठूला सवारी कार्यालय प्रमुख, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक, नेपाल पर्यटन बोर्डका निर्देशक रहने छन् ।

यस्तै, त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थलका निर्देशक, नेपाल पर्यटक यातायात व्यवसायी संघको अध्यक्ष, टुरिष्ट बस एशोसिएशन अफ नेपालका अध्यक्ष, पर्यटन विभागका निर्देशक, विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडका अध्यक्ष र पर्यटन प्रवर्द्धन शाखाका उपसचिव, सदस्य सचिव रहनेछन् ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर