जाजरकोट बेलिब्रिज भाचिँदा दुईजनाको मृत्यु, दुई गम्भीर घाइते (अपडेट) – Nepal Press

जाजरकोट बेलिब्रिज भाचिँदा दुईजनाको मृत्यु, दुई गम्भीर घाइते (अपडेट)

सुर्खेत । जाजरकोट र रुकुम पश्चिमको सीमानामा पर्ने नलगाड नगरपालिका ठूलीभरी नदीमा निर्माणाधीन बेलिब्रिज पुल भाँचिदा ९ जना मध्ये २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा भारतीय नागरिक रहेको प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले जानकारी दिए । उनका अनुसार पुल निर्माणमा संलग्न कामदार हुन् ।

जसमा भारतीय नागरिक ४० वर्षीया धमेन्द्र गौतम, ३५ वर्षीया पुरुषउत्तम कुमार विक्रम रहेका छन् ।

घाइते सातमध्ये दुई जनाको अवस्था गम्भीर भएको हुँदा हेलिकप्टर मार्फत थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको प्रमुख जिल्ला अधिकारी महतोले बताए । दुर्घटना घटनामा परेका पाँचजना सामान्य घाइते रहेका छन्।

सामान्य घाइते हुनेमा २४ वर्षीय निरजकुमार चौधरी, १८ वर्षीय सोनुकुमार गौतमा, ५० वर्षीया महिकु गौतम, गोरखनाथ चनार घाइते भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर