कीर्तिमान राख्दै प्रकाश सपूतको ‘सकम्बरी’ सात दिनमै करोड क्लबमा (भिडियो) – Nepal Press

कीर्तिमान राख्दै प्रकाश सपूतको ‘सकम्बरी’ सात दिनमै करोड क्लबमा (भिडियो)

काठमाडौं । गायक प्रकाश सपूतको चर्चित र विवादित गीत सकम्बरी करोड क्लवमा प्रवेश गरेको छ । युट्यूबमा रिलिज भएको सातौं दिनमै गीतले एक करोड भ्यूज बटुलेको हो ।

सर्वाधिक छिटो करोड भ्यूजको कीर्तिमान सपूतकै नाममा थियो । यसअघि उनको गीत ‘पीर’ ले पनि सात दिनमा करोड भ्यूज कटाएकोमा ‘सकम्बरी’ ले त्यसको बराबरी गरेको हो ।

‘पीर’ गीतको भिडिओ विवादमा आएपछि सपुतले त्यसलाई युट्यूटबाट हटाएर सम्पादनसहित अर्को भिडिओ हालेका थिए । अर्को भिडिओमा भने करोड भ्यूज पुग्न सकेको छैन ।

सकम्बरी गीत युट्यूबमा रिलिज गरेको २४ घन्टाभित्रै नेपालको ट्रेन्डिङ नम्बर १ मा उक्लेको थियो । यो गीत अहिले पनि १ नम्बरबाट खस्केको छैन । टिकटकमा सकम्बरीको एकछत्र राज छ । सामाजिक सञ्जालमा भने गीतको पक्ष र विपक्षमा बहसहरु भइरहेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर