रवि लामिछानेलाई राम न्यौपानेको कटाक्ष- ‘फेक आईडी’बाट गालीको बौछार गर्नेको भिजन छैन (भिडिओ) – Nepal Press

रवि लामिछानेलाई राम न्यौपानेको कटाक्ष- ‘फेक आईडी’बाट गालीको बौछार गर्नेको भिजन छैन (भिडिओ)

काठमाडौं । चितवन २ का एमाले उम्मेदवार राम न्यौपानेले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभ्य समाज निर्माण गर्न नसक्ने बताएका छन् ।

उपचुनाव प्रचारको अन्तिम दिन पत्रकार सम्मेलन गर्दै उनले विपक्षीमाथि सुन्नै नसक्ने गरी गालीको बौछार गर्नेले सभ्य समाज निर्माण गर्ने कल्पना गर्न नसकिने स्पष्ट पारे ।

न्यौपानेले भने, ‘एमाले, कांग्रेससहित अन्य दललाई समर्थन गरेर कुनै दिदीबहिनीले इन्टरभ्यू दियो भने त्यहाँ हामीले सुन्नै नसक्ने, घरपरिवारभित्र मात्रै होइन छिमेकीलाई पनि आरोपित गर्न सक्दैनौं । फेक आईडीबाट त्यस्ता शब्दहरुले राजनीति गर्छु भन्ने समाजलाई सभ्य बनाउँछु भन्ने तर, फेक आईडीबाट गालीको बौछार गर्ने अनि जनप्रतिनिधि बन्छु भन्ने ? यसले समाजलाई ठीक ठाउँमा पुर्‍याउँछ ? म प्रश्न गर्न चाहन्छु ।’

पत्रकार हुँदा नेतालाई र नेता हुँदा पत्रकारलाई गाली गरेर गन्तव्यमा पुग्न नसक्ने उनको भनाइ छ ।

‘के हो दृष्टिकोण र समाज निर्माणको सोच ? सभ्य समाज हो कि प्रयोगको थलो बनाउन खोजिँदैछ’, उनले प्रश्न गर्दै भने, ‘हामी भिजिलान्तेहरु तयार गर्न चाहँदैनौं । हामी देश निर्माण गर्ने शक्ति निर्माण गर्न चाहन्छौं । आफ्नो भिजन प्रस्तुत गर्न नसक्ने अनि जनतालाई गाली गर्ने ?’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर