अर्थमन्त्री महतद्वारा तीनजना आर्थिक सल्लाहकार नियुक्त – Nepal Press

अर्थमन्त्री महतद्वारा तीनजना आर्थिक सल्लाहकार नियुक्त

काठमाडौं । अर्थमन्त्रालयले तीनजना आर्थिक सल्लाहकार नियुक्त गरेको छ । प्रमुख आर्थिक सल्लाहकारमा अर्थशास्त्री डा. विश्व पौडेल छन् । पौडेल यसअघि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष थिए । अन्य दुईजना सल्लाहकारमा डा. पोषराज पाण्डे र डा. गुणाकर भट्ट नियुक्त भएका छन् ।

डा. पाण्डे राष्ट्रिय योजना आयोगका पूर्वसदस्य हुन् भने अन्तर्राष्ट्रिय व्यापार मामिलाका जानकार पनि छन् । यस्तै, डा. भट्ट नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक हुन । केन्द्रीय बैंकमा उनले प्रवक्ताको जिम्मेवारीमा समेत रहेर काम गरेका छन् ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले विज्ञ समूहको टीम पाएका छन् । पौडेल समष्टिगत आर्थिक अवस्थाका जानकार मानिन्छन् । यस्तै, भट्टलाई व्यवस्थापन, अर्थशास्त्र र मौद्रिक नीतिको विज्ञ हुन् ।

अर्थ मन्त्रालय यतिवेला बजेटको मस्यौदा लेखन समिति बनाएर बजेट लेखिरहेको छ । संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते बजेट ल्याइसक्नुपर्छ । अर्थमन्त्री डा. प्रकाशशरण महत राम्रो टीम बनाएर अघि बढ्न चाहिरहेका छन् ।

अहिले देखिएको आर्थिक समस्या, बैकिङ क्षेत्रसँग सम्बन्धित समस्या र वैदेशिक व्यापार घाटा न्यूनीकरण लगायतका विषयमा दख्खल भएका तीनजना सल्लाहकार अर्थमा भित्रिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर