अब १० करोडसम्मको विदेशी लगानी स्वचालित र अनलाइनबाट स्वीकृत हुने, यस्तो छ प्रक्रिया ? – Nepal Press

अब १० करोडसम्मको विदेशी लगानी स्वचालित र अनलाइनबाट स्वीकृत हुने, यस्तो छ प्रक्रिया ?

काठमाडौं । उद्योग विभागले १० करोडसम्मको वैदेशिक लगानीमा स्वचालित मार्ग लागू गर्ने भएको छ । विभागले अब १० करोडसम्मको वैदेशिक लगानी अनलाइनमार्फत स्वीकृत गर्ने तयारी थालेको हो ।

आज पत्रकार सम्मेलन गरेर विभागले वेवमा आधारित स्वचालित मार्ग मार्फत विदेशी लगानी स्वीकृत गर्ने प्रणालीको बारेमा जानकारी दिएको हो ।

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा ४२ मा नेपाल सरकारले नेपा राजपत्रमा सूचना प्रकाशन गरी विदेशी लगानी प्रक्रियालाई सरल र सहज बनाउन कम्पनी दर्ता, उद्योग दर्ता, विदेशी लगानी स्वीकृति जस्ता सेवाहरु स्वचालित (अटोमेटिक रुट) बाट प्रदान गर्न सकिने व्यवस्था गर्न लागिएको हो ।

२ करोडदेखि १० करोडसम्मको विदेशी लगानी अटोमेटिक रुटबाट गर्न लागेको हो ।

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *