उपनिर्वाचन बहिष्कार गर्न प्रदर्शन गर्ने बहुमत र मसालका कार्यकर्ता पक्राउ (भिडिओ/तस्बिरहरु) – Nepal Press

उपनिर्वाचन बहिष्कार गर्न प्रदर्शन गर्ने बहुमत र मसालका कार्यकर्ता पक्राउ (भिडिओ/तस्बिरहरु)

पोखरा । प्रहरीले तनहुँ १ मा हुन लागेको उपनिर्वाचन बहिष्कार गरौँ भन्दै प्रचार प्रसार गर्ने ४ जनालाई पक्राउ गरेको छ ।

तनहुँ प्रहरीले पुष्पलाल श्रेष्ठ, रामबहादुर बुढा, धनबहादुर परियारसहित ५ जनालाई दमौलीबाट पक्राउ गरेको हो ।

चुनाव वहिष्कार गरौ भन्ने नारा लगाउँदै अनसन चोकमा बिहीबार कार्यक्रम गरेका नेकपा माओवादी बहुमत, नेकपा मसाल लगायतका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।

तस्बिरहरु : कृष्ण न्याैपाने


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर