प्रज्ञा प्रतिष्ठानको पुस्तक प्रदर्शनी : दर्शन र साहित्यमा पाठकको रुचि – Nepal Press

प्रज्ञा प्रतिष्ठानको पुस्तक प्रदर्शनी : दर्शन र साहित्यमा पाठकको रुचि

काठमााडैं । नयाँ वर्षका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको पुस्तक प्रदर्शनीमा दर्शन र साहित्य विधाका पुस्तकमा पाठकको अभिरुचि देखिएको छ ।

प्रज्ञा प्रतिष्ठानको भानूभक्त प्रदर्शनी कक्षमा जारी प्रदर्शनीमा प्रज्ञाले २०३० सालदेखि २०७९ सम्म प्रकाशन गरेका पुस्तक बिक्रीमा राखिएको छ ।

प्रदशनीमा आउने पाठकहरुले बिशेषगरि इतिहास दर्शन, भाषा साहित्य विधाका पुस्तकमा अभिरुचि देखाएको प्रतिष्ठानका सहायक बजार व्यवस्थापक भरत सुवेदीले जानकारी दिए । त्यस्तै प्रज्ञा शव्दकोषको बिक्रि पनि धेरै हुने गरेको उनको भनाइ छ ।

प्रदर्शनीमा भाषा, साहित्य, बाल साहित्य, जर्नल, समालोचना, शब्दकोश, ग्रन्थकोश, संस्कृति, विज्ञान, अनुवाद, दर्शनलगायत विषयसँग सम्बन्धित पुस्तक र कविता, प्रज्ञा, समकालीन साहित्य लगाएतका पुस्तक एवं पत्रपत्रिका समावेश गरिएका छन् ।

प्रदर्शनी वैशाख १८ गतेसम्म चल्ने प्रतिष्ठानले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर