विश्व बुद्धिस्ट सम्मेलनमा मोदी मन्तव्यः नेपाल र भारत बुद्धिस्ट सर्किटको चर्चा – Nepal Press

विश्व बुद्धिस्ट सम्मेलनमा मोदी मन्तव्यः नेपाल र भारत बुद्धिस्ट सर्किटको चर्चा

काठमाडौं । भारतमा आजबाट सुरु भएको विश्व बुद्धिस्ट सम्मेलनको उद्घाटनमा बोल्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र लुम्बिनीको नाम लिएका छन् ।

संघीय राजधानी नयाँ दिल्लीको असोका होटलमा आजबाट सुरु भएको दुई दिने सम्मेलनमा बोल्दै मोदीले नेपाल र भारतले बुद्धिस्ट सर्किट बनाउन काम गरेको बताएका छन् ।

यस्तै बुद्ध जन्मेको ठाँउ लु्म्बिनिमा लुम्बिनिमा इन्डिया इन्टरनेसनल सेन्टर बुद्धिस्ट कल्चरल हेरिटेजका निर्माण गरिएको मोदीले बताएका छन् । आफु कासीको सांसद भएको र सारनाथ त्यहि भएको भन्दै मोदीले भारतले स्वतन्त्रताको ७५ वर्ष मनाउँदा सबैभन्दा ठूलो प्रेरणा बुद्धकै लिएको बताए ।

भारत सरकारको संस्कृति मन्त्रालयले आयोजना गरेको कार्यक्रममा बोल्दै मोदीले कुसिनगर अन्तराष्ट्रिय विमानस्थल बनाएको समेत चर्चा गरे । विश्वभरका प्रतिनिधिहरु आएर सुरु भएको सम्मेलनमा चिनियाँ अधिकारीहरु भने आएका छैनन् ।

ताइवानका प्रतिनिधिहरु बोलाइएको र सम्मेलनको दोस्रो दिनमा दलाइ लामा आउने भएपछि चिनियाँ पक्ष नआएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *