भीमफेदी कारागारमा एक कैदीको मृत्यु – Nepal Press

भीमफेदी कारागारमा एक कैदीको मृत्यु

हेटौंडा । मकवानपुरको भीमफेदी कारागारमा एक जना कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीय समिर परियार रहेका छन् ।
मनहरी गाउँपालिका-६ लोथर स्थायी घर भएर हाल कारागारमा कर्तव्य ज्यान मुद्दामा सजाय काटिरहेका परियार एक्कासि बेहोस भएका थिए ।

उनलाई उपचारको लागि हेटौंडा अस्पताल ल्याउँदा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको मकवानपुर प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *