कर्णालीका नवनियुक्त मन्त्रीको शपथ ११ बजे हुने – Nepal Press

कर्णालीका नवनियुक्त मन्त्रीको शपथ ११ बजे हुने

सुर्खेत। कर्णाली प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण हुने भएको छ । बिहीबार साढे ११ बजे शपथ ग्रहण हुने भएको छ। तर, आधिकारिक रुपमा कांग्रेसले मंगलबार सिफारिस गरेका तीन जना मन्त्रीको शपथ हुने नहुने भन्ने एकिन नभएको स्रोतले नेपाल प्रेसलाई जनाएको छ ।

बुधबार ३ बजे हुने भनिएको शपथ नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको फोनले अन्तिम समयमा रोकिएको थियो ।

कांग्रेसको केन्द्रीय नेतृत्वको दवावमा मुख्यमन्त्री राजकुमार शर्माले नियुक्ति रोकेका थिए । अहिले मुख्यमन्त्री राजकुमार शर्मा, पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही र काँग्रेस संसदीय दलका नेता जीवन बहादुर शाहीको निवासमा छलफल भइरहेको छ ।

कांग्रेसले आर्थिक मामिला तथा योजना मन्त्रीमा वेदराज सिंह, सामाजिक विकास मन्त्रीमा खड्गबहादुर पोख्रेल र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा कृष्णकुमार विसिलाई सिफारिस गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर