उपेन्द्र यादवको पक्षमा चुनावी माहोल बनाउन सत्तारुढ दलका शीर्ष नेताहरु बारा जाँदै – Nepal Press

उपेन्द्र यादवको पक्षमा चुनावी माहोल बनाउन सत्तारुढ दलका शीर्ष नेताहरु बारा जाँदै

जनकपुरधाम । उपनिर्वाचन हुन लागेको बारा क्षेत्र नम्वर २ मा आज ५ दलीय सत्ता गठबन्धनले ‘बृहत आमसभा’ राखेको छ ।

सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बनेका छन् । उनको पक्षमा चुनावी माहोल बनाउन आज बिहान ११ बजे बृहत आमसभा आयोजना गरिएको छ ।

उक्त आमसभालाई सम्बोधन गर्न प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल र लोसपा अध्यक्ष महन्थ ठाकुर महागढीमाई पुग्दैछन् ।

बारा २ बाट निर्वाचित जसपाका रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि खाली भएको उक्त क्षेत्रमा वैशाख १० गते उपनिर्वाचन हुन लागेको छ ।

उपनिर्वाचनमा गठबन्धनबाट यादव, जनमत पार्टीबाट शिवचन्द्र कुशवाहा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल, नेकपा एमालेबाट पुरुषोत्तम पौडेल लगायतका उम्मेदवार छन् ।

चुनावी माहोल हेर्दा जनमत पार्टीका कुशवाहा र गठबन्धनका यादवबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । तर गठबन्धनका यादवले जनमतका कुशवाहा नभएर एमालेका पौडेलसँग प्रतिस्पर्धा हुने बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर