रूपन्देहीमा अज्ञात समूहले गोली चलाउँदा युवक घाइते – Nepal Press

रूपन्देहीमा अज्ञात समूहले गोली चलाउँदा युवक घाइते

रूपन्देही । रुपन्देहीको सियारी-३ भैसाखादरमा गोली चल्दा एक युवा घाइते भएका छन् । खुट्टामा गोली लागेर गम्भीर घाइते भएका ती युवालाई उपचारका लागि भैरहवास्थित भीम अस्पतालमा पुराइएपनि त्यहाँ उपचार हुन नसकेपछि  बुधबार राति पौने १० बजे लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको छ ।

बाख्रा चराउन तिनाउ नदीको कौवा घाट नजिकै गएका २६ वर्षीय विरेन्द्र केवटलाई ३ जनाको समूहमा आएको युवाहरुले गोली चलाउँदा घाइते भएको स्थानीयले बताएका छन् ।

बाख्रा चराउदै आएका केवटसँग भएको मोबाइल मागेका अज्ञात युवाहरूले केवटको बायाँ तीघ्रामा गोली प्रहार गरी भएको मोबाइल लगेको बताइएको छ । केवटसँग अरु साथीहरु पनि खोला नजिकै बाख्रा चराउन गएका थिए ।

नदीबाट टाढा मोटरसाइकल राखेर आएका ३ युवाहरु मध्ये २ जनाले केवटको मोबाइल माग्दा नदिएपछि गोली हानेको घाइते केवटले बताएको अस्पताल भेट्न पुगेका अधिवक्ता प्रख्यात बन्जाडेले जानकारी दिएका छन् ।

बन्जाडेले उनको थप उपचारका लागि बुटवल पठाएको बताए । अस्पतालका अनुसार गोली तीघ्राको अगाडि भागबाट लागेर पछाडिबाट पार भएको छ, अन्य अवस्था सामान्य छ ।

रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक श्यामू अर्यालले घटनास्थलमा गोली चलेको जस्तो केही नभेटिएको बताए । डिएसपी अर्यालले घाइते उपचारपछि डिस्चार्ज भइ घर फर्किसकेको जनाएपनि बिरामी भने अस्पतालमा रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर