गण्डकीका मुख्यमन्त्री अधिकारीले वैशाख ९ गते विश्वासको मत लिने – Nepal Press

गण्डकीका मुख्यमन्त्री अधिकारीले वैशाख ९ गते विश्वासको मत लिने

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले शनिबार विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री अधिकारीले वैशाख ९ गते शनिबार बस्ने प्रदेश सभा बैठकमा विश्वास मत लिनेछन् ।

माओवादी केन्द्रले चैत १० गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अधिकारी सरकार अल्पमतमा परेका थियो । समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री अधिकारीले शनिबार विश्वासको मत लिन लागेका हुन् ।

शनिबार डाकिएको बैठकमा विश्वासको मत लिने विषयलाई कार्यसूचीमा समावेश गर्न भन्दै प्रदेशसभा सचिवालयमा सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री रोशनबहादुर गाहा थापाले पत्र पठाएका छन् ।

‘संविधानको धारा १८८ (२) बमोजिम विश्वासको मतको लागि प्रदेश सभा समक्ष यो प्रस्ताव गरेको छु । मिति २०८०÷०१÷०९ गते शनिबारका दिन बस्ने प्रदेश सभाको बैठकको कार्यसूचीमा समावेश गर्ने व्यवस्थाका लागि गण्डकी प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ बमोजिम यो सूचना दिएको छु,’ पत्रमा भनिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर