झारफुकमा यातनाबाट बालिका मृत्यु प्रकरणः माता जेल चलान – Nepal Press

झारफुकमा यातनाबाट बालिका मृत्यु प्रकरणः माता जेल चलान

रुपन्देही । गत फागुन २० गते रुपन्देहीमा झारफुकबाट बालिकाको मृत्यु प्रकरणमा पक्राउ परेका १८ जनामध्ये माता भनिने एक महिलालाई थुनामा राख्न रुपन्देही जिल्ला अदालतले आदेश दिएको छ । अदालतले अन्यलाई धरौटी तथा साधारण तारेखमा छाड्न पनि भनेको छ ।

सैनामैना नगरपालिकामा झारफुकबाट बालिकाको मृत्यु भएको विषयमा अदालतले बुधबार पक्राउ परेकामध्ये माता नामले चिनिने रेश्मी थापालाई थुनामा राख्न र अन्यलाई छाड्न आदेश दिएको हो ।

सैनामैना-१० फूलबारीकी १४ वर्षीया सीता ज्ञवालीको झारफुकका क्रममा चरम यातनापछि मृत्यु भएको विषय बाहिर आएपछि प्रहरीले अनुसन्धानका लागि घरपरिवारदेखि मलामी गएका आफन्तलाई पक्राउ गरी थुनामा राखेको थियो ।

प्रहरीले उक्त घटनामा प्रत्यक्ष संलग्न रहेको भनिएकी सोनिया रेश्मी, बालिकाका बाबु तारा ज्ञवाली र आमा लीलासहित छिमेकी तथा आफन्त गरी १८ जनालाई अनुसन्धानका लागि पक्राउ गरी मुद्दा चलाएको थियो ।

इलाका प्रहरी कार्यालय सालझण्डीका अनुसार बालिकाका बुबा तारा, आमा लीला, भिडिओ खिच्ने ईश्वरी ज्ञवाली र अटोमा माताको घर लग्ने निमकला पाण्डे ५० हजार धरौटीमा रिहा भएका छन् । अन्य १३ जना भने साधारण तारेखमा छुटेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर