देउवा निवासको फोनले रोकियो कर्णालीका मन्त्रीको शपथ – Nepal Press

देउवा निवासको फोनले रोकियो कर्णालीका मन्त्रीको शपथ

सुर्खेत । कर्णालीमा नवनियुक्त मन्त्रीहरुको शपथ रोकिएको छ । कर्णाली प्रदेश सरकारमा कांग्रेसबाट सिफारिस भएका मन्त्रीहरुको शपथ केन्द्रको दबाबमा रोकिएको हो ।

कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले तीन जना मन्त्री सिफारिस गरेका थिए । सिनियर नेताको नाम सिफारिस नगरिएको विषयले असन्तुष्टि देखिएको छ ।

बुधबार तीन बजे हुने भनिएको मन्त्रीहरुको सपथ अन्यौल बनेको छ । मंगलवार नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच बनेको नयाँ समीकरणअनुसार कांग्रेसले तीनजना मन्त्रीको नाम मुख्यमन्त्री राजकुमार शर्मा समक्ष सिफारिस गरेको थियो ।

तसर्थ सिनियर नेताहरुलाई बाइपास गरिएको भन्दै शिर्ष नेताहरुले असन्तुष्टि जनाएका हुन् । नेपाली काँग्रेस पार्टी सभापति शेरबहादुर देवाउवाको सचिवालयमार्फत मुख्यमन्त्री शर्मालाई दबाब आएपछि शपथ रोकिएको कांग्रेस स्रोतले नेपाल प्रेसलाई जानकारी दिएको छ ।

जाजरकोटका प्रदेशसभा सदस्य राजिवविक्रम शाह, सुर्खेतकी जानकी सिंह लगायतका नेताहरुले मन्त्री सिफारिसमा नभएको भन्दै असन्तुष्टिका हुन् ।

मङ्गलबार सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ ‘क’ बाट निर्वाचित सांसद खड्कबहादुर पोखरेललाई सामाजिक विकास मन्त्री, जाजरकोट जाजरकोट प्रेदशसभा ‘क’ बाट निर्वाचित बेदराज सिंहलाई आर्थिक मामिला तथा योजना र दैलेख क्षेत्र नम्बर १ ‘ख’ बाट निर्वाचित सांसद कृष्णकुमार बिसीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सरकारमा पठाउने काँग्रेसले निर्णय गरेको थियो ।


प्रतिक्रिया

One thought on “देउवा निवासको फोनले रोकियो कर्णालीका मन्त्रीको शपथ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर