जनसंख्यामा विश्वकै पहिलो भन्दै भारत, चीनको जन्मदर ‘माइनसमा’ – Nepal Press

जनसंख्यामा विश्वकै पहिलो भन्दै भारत, चीनको जन्मदर ‘माइनसमा’

काठमाडौं । भारत विश्वकै सबैभन्दा बढी जनसंख्या भएको देशको रुपमा स्थापित हुने भएको छ । संयुक्त राष्ट्र संघीय जनसंख्या कोष (युएनएफपीए)को प्रक्षेपणअनुसार भारत सन् २०२३ को बीच सम्ममा विश्वकै बढी जनसंख्या भएको देशको रुपमा स्थापित हुने भएको हो ।

युएनएफपीएको प्रतिवेदनका अनुसार सन् २०२३ को बीचसम्म भारतको कुल जनसंख्या १४२ करोड ८६ लाख पुग्नेछ । जुन चीनको भन्दा ३० लाखले बढी रहने बताइएको छ । सन् २०२३ को सुरुवातमा नै भारतले यो स्थान ओगट्ने आंकलन गरिएको थियो । युएनएफपीएको प्रतिवेदनले सो आंकलनलाई आधिकारिकता प्रदान गर्ने लगभग पक्कापक्की छ ।

संयुक्त राष्ट्रसंघको प्रतिवेदन अनुसार भारतको जनसंख्या एक वर्षमा १.५६ प्रतिशतले बढेको छ । संयुक्त राष्ट्रसंघले सन् १९५० देखि विश्वको जनसंख्या तथ्याङ्क सार्वजनिक गर्दै आएको छ । त्यसयता भारतले जनसंख्याको आधारमा चीनलाई पछाडि पारेको यो पहिलो पटक हुनेछ ।

गत वर्ष सार्वजनिक गरिएको एक प्रतिवेदनले पछिल्लो ६ दशकमा पहिलो पटक चीनको जनसङ्ख्यामा कमी आएको खुलासा गरेको थियो । चीनको जन्मदर यस वर्ष ‘माइनस’ मा रेकर्ड गरिएको छ ।

यद्यपी चीनको औसत आयु भने भारतको भन्दा बढी रहेको छ । प्रतिवेदनका अनुसार अबको केही समयमा नै विश्वको कुल जनसंख्या ८ अर्ब पुग्ने छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर