खगेन्द्र संग्रौला, श्याम श्रेष्ठलगायतका अभियन्ता मिटरव्याजपीडितसँगै सडकमा (तस्बिरहरू) – Nepal Press

खगेन्द्र संग्रौला, श्याम श्रेष्ठलगायतका अभियन्ता मिटरव्याजपीडितसँगै सडकमा (तस्बिरहरू)

काठमाडौं । मिटरव्याजपीडितले आज पनि काठमाडौंमा प्रदर्शन गरेका छन् । बुधबारको आन्दोलनमा वृहत नागरिक आन्दोलनका अभियन्ताहरू पनि ऐक्यवद्धता जनाउँदै सडकमा निस्किएका छन् ।

मिटरव्याजपीडितसँगै खगेन्द्र संग्रौला, श्याम श्रेष्ठलगायत विरोध प्रदर्शनमा देखिए । उनीहरूले आफूहरूको माग सम्बोधन गर्नुपर्ने, सुदखोरलाई कारबाही गर्नुपर्नेलगायतका माग राखेका छन् ।

आफूहरूको आन्दोलनमा भएको प्रहरी दमनको पनि प्रदर्शनकारीले विरोध जनाएका छन् । उनीहरूले आफूहरूको मागमा गृहमन्त्री, सांसदहरूलगायत राज्यका अंगले बेवास्ता गरेको गुनासोसमेत गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर