महोत्तरीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एकै परिवारका तीनजनाको मृत्यु – Nepal Press

महोत्तरीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एकै परिवारका तीनजनाको मृत्यु

जनकपुरधाम । महोत्तरीको गौशाला नगरपालिका १ स्थित बसले मोटरसाइकलमा ठक्कर दिएपछि एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

आज दिउँसो बा ३ ख २३९६ नम्बरको बसले ठक्कर मधेश प्रदेश ०१–००४ प ६८ १९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि मोटरसाइकलमा सवार श्रीमान– श्रीमती र भतिजीको मृत्यू भएको हो ।

प्रहरीका अनुसार मोटरसाइकलमा सवार सिरहाको कल्याणपुर नगरपालिका १० का २६ वर्षीय अमृत मण्डल, उनको श्रीमती २४ वर्षीया अञ्जु मण्डल र उनकै भतिजी ६ वर्षीया अन्सु मण्डलको मृत्यु भएको छ ।

मोटरसाइकलमा उनीहरू सम्सीबाट जनकपुरधाम आउँदै गर्दा बसले ठक्कर दिएको हो । ठक्कर दिने बस प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार भएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *