गुन्डा नाइके अभिषेक गिरीविरुद्धको अकुत सम्पत्तिको मुद्दा पूर्ण इजलासमा पठाउने आदेश – Nepal Press

गुन्डा नाइके अभिषेक गिरीविरुद्धको अकुत सम्पत्तिको मुद्दा पूर्ण इजलासमा पठाउने आदेश

काठमाडौं । गुन्डा नाइके अभिषेक गिरीविरुद्धको सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्धाको सुनुवाई सर्वोच्च अदालतको पूर्ण इजलासले गर्ने भएको छ ।

अनिलकुमार सिन्हा र कुमार चुडालको संयुक्त इजलासले बुधबार तीनजना न्यायाधीश रहने पूर्ण इजलासमा मुद्दा पठाउने आदेश गरेको हो । अपहरण तथा शरीर बन्धकको मुद्धमा ९ वर्ष जेल बसेर गिरी हालै मात्र छुटेका थिए ।

संयुक्त इजलासले बुधबार दिनभर बहस सुनेपछि पूर्ण इजलासमा पठाउने आदेश गरेको थियो । यसअघि विशेष अदालतले गिरी र उनकी श्रीमती अनिषाविरुद्ध लागेको सम्पत्ती शुद्धिकरणको मुद्दामा सफाई दिएको थियो ।

सम्पत्ति शुद्धिकरण विभागले २ करोड ९४ लाख रुपैयाँ बिगो कायम गर्दै मुद्दा दायर गरेपनि उनिहरुले सफाई पाएका थिए । २०६४ सालअघिको सम्पत्तिमा सम्पत्ति शुद्धिकरण ऐन २०६४ आकर्षित नहुने, बैंक खातामा पैसा हुँदैमा त्यसलाई अकुत तरिकाले आर्जन भन्न नमिल्ने तथा मुख्य अभियुक्त थाहा नभई मतियारलाई दोषी ठहर गर्न नमिल्ने भन्दै विशेष अदालतले गिरी दम्पत्तीलाई सफाई दिएको थियो ।

विशेष अदालतको उक्त फैसलाविरुद्ध महान्यायधिवक्ता कार्यालय सर्वोच्च अदालत पुगेको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *