‘संवैधानिक परिषदमा प्रधानन्यायाधीश नियुक्तिको एजेण्डा प्रवेश गरेको छ, थप छलफल आवश्यक भयो’ (भिडिओ) – Nepal Press

‘संवैधानिक परिषदमा प्रधानन्यायाधीश नियुक्तिको एजेण्डा प्रवेश गरेको छ, थप छलफल आवश्यक भयो’ (भिडिओ)

काठमाडौं । उपप्रधानमन्त्री तथा कानून मन्त्री पुर्णवहादुर खड्काले संवैधानिक परिषदमा प्रधानन्यायाधीश नियुक्ति सिफारिसको एजेण्डा प्रवेश गरे पनि थप छलफल आवश्यक परेको बताएका छन् ।

कानून मन्त्रालयमा कार्यभार सम्हालेपछि पत्रकारसँग कुरा गर्दै मन्त्री खड्काले कतिपय सदस्यले उठाएका विषयमा अनौपचारिक छलफल र सहमति गर्नुपर्ने भएकाले अर्को बैठकपछि नियुक्ति सिफारिस हुने बताए ।

खड्काले भने– संवैधानिक परिषदको बैठकमा नियुक्ति सम्बन्धी एजेण्डा प्रवेश गरेको छ । छलफल निष्कर्षमा पुग्न सकेको छैन, थप छलफलको आवश्यकता महशुस भयो । कतिपय सदस्यले उठाएका कुराहरु पनि समाधान गर्नेगरी टुंगोमा पुग्छौं ।

संवैधानिक परिषदमा प्रधानन्यायाधीश नियुक्ति सम्बन्धी बैठकमा कानून मन्त्री पदेन सदस्य रहन्छन् । खड्कालाई सोही प्रयोजनले मंगलवारमात्रै कानुन मन्त्रालयको जिम्मेवारी समेत दिइएको थियो । एमालेले प्रधान न्यायाधीश सिफारिसअघि संसदीय सुनुवाई समिति गठनमा सहमति हुन’पर्ने भनेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर