होण्डाको बाइक वा स्कुटर खरिदमा एक लाखसम्म नगद जित्न सकिने – Nepal Press

होण्डाको बाइक वा स्कुटर खरिदमा एक लाखसम्म नगद जित्न सकिने

काठमाडौं । नेपालमा सर्वाधिक रुचाइने टु ह्विलर भेहिकल होण्डाको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले नयाँ वर्षमा ‘होण्डा चुज योर स्किम’ नामक उपहार योजना ल्याएको छ ।

योजनाअन्तर्गत होण्डाको कुनै पनि बाइक वा स्कुटरको खरिदमा नगद १ लाख रुपैयाँसम्म जित्ने स्क्र्याच कुपनसँगै ८ हजार रुपैयाँसम्मको स्पेयर पार्टस्, इन्जिन आयल, २ वर्षसम्मको फ्री सर्भिसिङ, १० हजार रुपैयाँसम्मको अतिरिक्त स्क्र्याच कुपन वा १२ हजार ५०० सम्मको ५ वर्षको लागि एनुयल मेन्टिनेन्स कन्ट्र्याक (एएमसी) रहेको कम्पनीले बताएको छ ।

योजनामा ग्राहकले कुनै एक स्किम रोज्न सकिने व्यवस्था रहेको कम्पनीले जनाएको छ । कम्पनीले १ प्रतिशतको ब्याजदरमा सरल फाइनान्स सुविधासमेत प्रदान गरिरहेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर