युवराज सफललाई कारबाही गर्न पूर्वमन्त्री बडूले संसदमै गरे माग (भिडिओ) – Nepal Press

युवराज सफललाई कारबाही गर्न पूर्वमन्त्री बडूले संसदमै गरे माग (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेस सांसद दिलेन्द्र बडूले युवराज सफललाई कारबाही गर्न माग गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै तथ्यहीन आरोप लगाएकाले कारबाहीको माग गरेका हुन् ।

दोहोरा नागरिकतको विषयमा आफ्नो नामसमेत जोडेर सञ्चारमाध्यममा आएकोप्रति पनि ध्यानाकर्षण गराए ।

उनले भने, ‘मेरो सन्दर्भमा यस्तो गम्भीर आरोप लगाएर झूटा र आधारहीन समाचारप्रति गहिरो दुःख व्यक्त गर्दछु । ममाथि लगाइएको आरोप पुष्टि गर्न ठाडो चुनौती दिन्छु ।’

मन्त्रीको जिम्मेवारी सम्हालिसकेको आफू जस्तो व्यक्तिमाथि लगाइएको यस्तो आरोपले जिम्मेवार नागरिकको प्रतिष्ठामा गम्भीर चोट पुगेको उनको भनाइ छ ।

पौडेलले पूर्वमन्त्री बडूसहित केही व्यक्तिहरुको दोहोरो नागरिकता रहेको भन्दै छानबिन गर्न गृह मन्त्रालयमा उजुरी दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर