राप्रपा संसदीय दलको सचेतकमा विना लामा मनोनीत – Nepal Press

राप्रपा संसदीय दलको सचेतकमा विना लामा मनोनीत

काठमाडौं । राप्रपा संसदीय दलको सचेतकमा विना लामा मनोनीत भएकी छन् । राप्रपा विधानबमोजिम संसदीय दलका नेता राजेन्द्र लिङदेनले उनलाई सचेतकमा मनोनीत गरेका हुन् ।

धादिङबाट समानुपातिक प्रतिनिधत्व गर्ने लामा यसअघि रुबी भ्याली गाउँपालिकाको उपाध्यक्ष थिइन् ।

राप्रपा दलको प्रमुख सचेतकमा ज्ञानेन्द्र शाही छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर