जितनारायणलाई भोट माग्दै प्रकाशमानले भने- आवेगले होइन विवेकले मत हाल्नुस् – Nepal Press

जितनारायणलाई भोट माग्दै प्रकाशमानले भने- आवेगले होइन विवेकले मत हाल्नुस्

चितवन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले यो उपचुनावमात्रै नभएर प्राप्त उपलब्धिको रक्षा गर्ने कि नगर्ने सवाल रहेको बताएका छन् ।

चितवनका उम्मेदवार जितनारायण श्रेष्ठलाई मत माग्न पुगेका नेता सिंहले चितवनको चुनावी सभालाई सम्बोधन गर्दै गठबन्धनका साझा उमेदवारको जित नै लोकतनत्रवादीको हुने बताए ।

उनले भने, ‘जनताले आवेगमा नभई विवेकले मतदान गर्नुहुन्छ भन्नेमा विश्वस्त छु । सधैँ सुखदु:खमा उभिने सबैको घरआँगनमा सजिलै भेटिने उम्मेदवारका पक्षमा मतदान गर्नु भनेको राजनीतिप्रतिको सम्मान हुन्छ ।’

गठबन्धनको साझा उम्मेदवार श्रेष्ठ सबैका लागि सर्वस्वीकार्य उम्मेदवार रहेको बताउँदै चितवनको विकास र समृद्धिका लागि गठबन्धनको उम्मेदवारलाई जिताउन अपील गरे ।

अहिले संविधान र व्यवस्थामा समेत प्रश्न चिन्ह खडा भएकाले काम गरेर जनतालाई चित्त बुझाउनुपर्ने जिम्मेवारी राजनीतिक दलहरूको भएको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर