राष्ट्रपति रामचन्द्र पौडेलको भारतमा उपचार सुरू (भिडिओ) – Nepal Press

राष्ट्रपति रामचन्द्र पौडेलको भारतमा उपचार सुरू (भिडिओ)

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको भारतमा उपचार सुरू भएको छ । भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा राष्ट्रपति पौडेलको उपचार सुरू भएको हो ।

पौडेललाई बुधबार बिहान श्रीएयरको एयर एम्बुलेन्समार्फत भारत लगिएको थियो । नेपालमा उपचार गराउँदा उल्लेख्य सुधार नभएपछि परिवारका सदस्य र चिकित्सकहरूले थप उपचारका लागि भारत लैजान
भनेपछि उनलाई भारत लगिएको हो ।

राष्ट्रपति पौडेलको छातीमा संक्रमण देखिएको थियो । राष्ट्रपति पौडेलसँग निजी चिकित्सक डा. निरज बम, परिवारका सदस्य र ७ जना चिकित्सकको टोली छ ।


प्रतिक्रिया

One thought on “राष्ट्रपति रामचन्द्र पौडेलको भारतमा उपचार सुरू (भिडिओ)

  1. Nepal ma raja nai chainxa bhanni kura Yi rastapati haru Bata tha hunxa Bhagwan ko sarap le hoki ko Rastapati hunxa hospital kohi Japan kohi India

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर