प्रधानन्यायाधीश नियुक्तिबारे संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन (भिडिओ) – Nepal Press

प्रधानन्यायाधीश नियुक्तिबारे संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन (भिडिओ)

काठमाडौं । प्रधानन्यायाधीश नियुक्तिको बारेमा छलफल गर्न बसेको संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन भएको छ ।

आज बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठक निष्कर्षविहीन भएको राष्ट्रियसभाका अध्यक्ष गणेश तिम्सिनाले बताए । अर्काे बैठक बसेर  टु‌ंग्याइने   बताइएपनि  बैठक कहिले बस्ने टुंगाे नलागेकाे उनले बताए ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना, प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओली र उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का सहभागी भएका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर