राष्ट्रपति पौडेललाई एयर एम्बुलेन्सबाट भारत लैजाँदै – Nepal Press

राष्ट्रपति पौडेललाई एयर एम्बुलेन्सबाट भारत लैजाँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लैजान लागिएको छ ।

स्वास्थ्यमा सुधार नभएपछि राष्ट्रपति पाैडेललाई थप उपचारका लागि श्री एअरलाइन्सको एयर एम्बुलेन्सबाट भारतको नयाँदिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइसेन्स (एम्स) अस्पतालमा लैजान लागेको हो ।

बिहान साढे ९ बजे भारत लैजाने राष्ट्रपति सचिवालयका सदस्यले नेपालप्रेसलाई बताए । परिवारकाे आग्रहमा उनलाई थप उपचारका लागि भारत लैजान लागेकाे हाे ।

महाराजगन्जस्थित राष्ट्रपति भवन शीतल निवासमै बेहोस भए पछि उनी मंगलबार साँझ त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका  थिए ।

केही दिनअघि पनि पौडेल  पेटमा  समस्या देखिएपछि त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर