नेपालका कुन बैंकको अवस्था कस्तो, कति कमाए नाफा ? – Nepal Press

नेपालका कुन बैंकको अवस्था कस्तो, कति कमाए नाफा ?

काठमाडौं । नेपालमा अहिले ‘क’ वर्गका २१ वटा वाणिज्य बैंक अस्तित्वमा छन् । कुनै बेला ३२ वटासम्म रहेको वाणिज्य बैंक अहिले मर्जरपछि २१ मा झरेको हो ।

अन्तर्राष्ट्रियस्तरमै ठूल्ठूला बैंक कोल्याप्स भएसँगै नेपालका बैंकहरु कति जोखिममा छन् भन्ने बहस चलिरहेको छ । यद्यपि नेपालको बैंक मर्जरपछि बलियो अवस्थामा रहेको पूर्वगभर्नर डा. चिरञ्जीवी नेपाल बताउँछन् ।

नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको फागुन महिनासम्मको तथ्यांकअनुसार नेपालमा रहेका वाणिज्य बैंकहरुमा पूँजी कोषको आधारमा नबिल बैंक सबैभन्दा ठूलो देखिन्छ । नेपाल बंगलादेश बैंकसँग मर्ज भएपछि यो बैकको पूँजी कोष ५३ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ ।

यता मेगा बैकलाई गाभेर बनेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको पूँजी कोष पनि आधा खर्बभन्दा बढी छ । यसको पूँजी कोष ५३ अर्ब ३७ करोड रुपैयाँ छ । एनएमबी बैंक, प्रभु बैंकको पूँजी कोष पनि करिब ३५ अर्बको हाराहारीमा छ ।

तर, चुक्ता पूँजीको आधारमा भने सबैभन्दा बलियो नेपाल इन्भेष्टमेन्ट मेगा बैंक देखिएको छ । यसको चुक्ता पूँजी ३४ अर्ब १२ करोड रुपैयाँभन्दा बढी छ ।

कुन बैंकको अवस्था कस्तो ?

नेपाल बैंक

नेपालको जेठो बैंक नेपाल बैंक सरकारी स्वामित्वको वाणिज्य बैंक हो । यसको पूँजी कोष अहिले ३५ अर्ब ८६ करोड रुपैयाँभन्दा बढी छ । जसमा चुक्ता पूँजीमात्र १४ अर्ब ६९ करोड रुपैयाँ छ ।

राष्ट्रिय वाणिज्य बैंक

यो पनि सरकारी स्वामित्वको वाणिज्य बैंक हो । यसको पूँजी कोष ३५ अर्ब छ । यसमा चुक्ता पूँजीमात्र १४ अर्ब ६३ करोड रुपैयाँ रहेको छ ।

नबिल बैंक

नबिल बैंकले नेपाल बंगलादेशसँग गाभिएपछि ठूलो पूँजी कोष बनाएको छ । उसको पूँजी कोष ५३ अर्ब ८७ करोड रुपैयाँ बराबरको छ । पूँजी कोषभित्रै पर्ने चुक्ता पूँजीमात्र २७ अर्ब बढी छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक

मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक गाभिएर बनेको यो बैंकको ५३ अर्ब ३४ करोडको पूँजी कोष छ । चुक्ता पूँजी ३४ अर्ब १२ करोड बराबर छ ।

स्ट्याण्डर्ड चार्टड बैंक

पूँजी कोष १६ अर्ब ६६ करोड रुपैयाँ छ । यसमा चुक्ता पूँजी ९ अर्ब ४२ करोड रुपैयाँ छ ।

हिमालयन बैंक

सिभिल बैंकलाई गाभेको हिमालयनको पूँजी कोष ३२ अर्ब ९३ करोड रुपैयाँ र चुक्ता पूँजी २१ अर्ब ६५ करोड रुपैयाँ रहेको छ ।

नेपाल एसबीआई बैंक

पूँजी कोष १६ अर्ब ३७ करोड रुपैयाँ र चुक्ता पूँजी १० अर्ब १२ करोड रुपैयाँ रहेको छ ।

एभरेष्ट बैंक

पूँजी कोष २१ अर्ब ७४ करोड र चुक्ता पूँजी १० अर्ब ६९ करोड रुपैयाँ रहेको छ ।

एनआईसी एसिया

२४ अर्ब ८४ करोडको पूँजी कोष रहेको यस बैंकको चुक्ता पूँजीमात्रै ११ अर्ब ५६ करोड रुपैयाँ छ ।

माछापुछ्रे बैंक

१४ अर्ब ४८ करोड पूँजी कोष र १० अर्ब २५ करोड चुक्ता पूँजी रहेको छ ।

कुमारी बैंक

एनसीसी बैंकलाई गाभेको कुमारीको ३४ अर्ब ३ करोड रुपैयाँ पूँजी कोष रहेको छ । जसमा र चुक्तन पूँजी २६ अर्ब २२ करोड रुपैयाँ छ ।

लक्ष्मी बैंक

१६ अर्ब ७१ करोड रुपैयाँ पूँजी कोष भएको लक्ष्मीको चुक्ता पूँजी ११ अर्ब ५५ करोड रुपैयाँ छ ।

सिद्धार्थ बैंक

२१ अर्ब ६७ करोड पूँजी कोष र चुक्ता पूँजी १४ अर्ब ८ करोड रुपैयाँ छ ।

कृषि विकास बैंक

३३ अर्ब १९ करोड रुपैयाँ पूँजी कोष र चुक्ता पूँजी १८ अर्ब ६२ करोड रुपैयाँ छ ।

ग्लोबल आइएमई बैंक

५२ अर्ब ४२ करोड रुपैयाँ पूँजी कोष र चुक्ता पूँजी ३५ अर्ब ७७ करोड रुपैयाँ छ ।

सिटिजन्स बैंक

१९ अर्ब १ करोड पूँजी कोष रहेको सिटिजन्सको १४ अर्ब २० करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ ।

प्राइम कर्मसियल बैंक

२६ अर्ब १३ करोड रुपैयाँ पूँजी कोषमा १९ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी छ ।

सनराइज बैंक

१६ अर्ब ५७ करोड रुपैयाँ पूँजी कोष र चुक्ता पूँजी १० अर्ब ११ करोड रुपैयाँ रहेको छ ।

एनएमबी बैंक

३५ अर्ब ३५ करोड रुपैयाँ पूँजी कोष र चुक्ता पूँजी १८ अर्ब ३६ करोड रुपैयाँ छ ।

प्रभु बैंक

३४ अर्ब १८ करोड पूँजी कोष र २३ अर्ब ५४ करोड चुक्ता पूँजी रहेको छ ।

सानिमा बैंक

१६ अर्ब ७९ करोड रुपैयाँ पूँजी कोष र चुक्ता पूँजी १२ अर्ब ४६ करोड रुपैयाँ रहेको छ ।

यी सबै वाणिज्य बैंकहरुले ४७ खर्ब ७१ अर्ब रुपैयाँ निक्षेप परिचालन गरेका छन् भने ४३ खर्ब १ अर्ब कर्जा लगानी गरेका छन् ।

नाफामा को अगाडि ?

नाफामा नबिल बैंक अगाडि छ । यसको नाफा ५ अर्ब रुपैयाँ माथि छ । नेपाल इन्भेष्टमेन्ट बैंक र राष्ट्रिय वाणिज्य बैंकको नाफा ३ अर्ब माथि छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर