प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मिडिया सेन्टर सुरु – Nepal Press

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मिडिया सेन्टर सुरु

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मिडिया सेन्टर सुचारु भएको छ ।

मन्त्रिपरिषद् बैठकका निर्णय र सरकारका घोषणा सार्वजनिक गर्दा सञ्चारकर्मी पत्रकारलाई समाचार संकलन सहज र व्यवस्थित गर्न तयार भएको मिडिया सेन्टर आज बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता रेखा शर्माले सुरुवात गरिन् ।

प्रवक्ता शर्माले बैठक कक्षसँगै रहेको स्टुडियोबाट मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै मिडिया सेन्टरमा रहेका संचारकर्मीसँग प्रत्यक्ष दोहोरो संवाद गरेकी थिइन् ।

मिडिया सेन्टरमा सञ्चारकर्मी तथा पत्रकारसँग प्रधानमन्त्री कार्यालयमा रहेको स्टुडियोबाट दोहोरो सम्वादको व्यवस्था मिलाइएको छ भने संचार माध्यमका लागि भिडियो सामग्री तत्काल उपलब्ध हुने भएको छ । त्यसैगरी, प्रधानमन्त्री निवास बालुवाटारमा पनि यस अघि नै संचारकर्मीको सुबिधाका लागि मिडिया सेन्टर सुचारु छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर