छोरीलाई विद्यालयले अपमानित गरेको भन्दै उपेन्द्र सुब्बाले पोखे फेसबुकमा गुनासो – Nepal Press

छोरीलाई विद्यालयले अपमानित गरेको भन्दै उपेन्द्र सुब्बाले पोखे फेसबुकमा गुनासो

काठमाडौं । निर्देशक तथा लेखक उपेन्द्र सुब्बाको फिल्म ‘जारी’ले अहिले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ । फिल्मबाट चौतर्फी प्रशंसा पाइरहेका सुब्बाले आज एक स्टाटस लेख्दै आफ्नी छोरीलाई उनी पढ्ने विद्यालयले गलत व्यवहार गरेको भन्दै गुनासो पोखेका छन् ।

सुब्बाका अनुसार उनकी छोरी जावलाखेलमा रहेको डिएभी सुशील केडिया विश्व भारती स्कुल मा नौ कक्षामा पढ्दै थिइन् । पढाइमा अन्य विद्यार्थीभन्दा कमजोर भएर फेल भइन् । यसपछि नतिजा लिन गएकी सुब्बाकी श्रीमती र छोरीलाई गिज्याएको, हियाएको उनीहरु घर आएर आफूसँग रोएको सुब्बाले स्टाटसमा उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘भाइस प्रिन्सिपलको कोठामा पस्नासाथ ‘यसको बुवा खै, किन नआएको’ भनी सोधियो रे । नानीको आमाले बिजी भएर आउन पाउनुभएन भनिछन् । भाइस प्रिन्सिपलसहित अरु दुई जनाले गिज्याएर हाँस्दै होच्याएर, हेपेर ‘यो बच्चलाई हामी पढाउन सक्दैनौं, अन्त स्कुल लानू । यहाँ यिनलाई सिकाउने कुनै औषधि छैन । यिनले पढ्नै सक्दिनँ’ भनेछन् । पहिला पनि जोशी सरले ‘पढेर केही गरीखान सक्दैन, बरु एउटा स्कुटी किन्दिनू, पठाओ चलाएर खान्छ’ भने भन्दै आमाछोरी दुवै मसँग रोए ।’

आमा–छोरीको कुराले आफूलाई रातभरि निद्रासमेत नलागेको सुब्बाले लेखेका छन् । रातभर छोरीको आँखाबाट बरर झरेको आँसु आफ्नो आँखाबाट नहटेको र स्कुलको गैरजिम्मेवारीपनले आफ्नी छोरी रुनु परेको उल्लेख गरेका छन् ।

उनले प्रश्न गरेका छन्, ‘विद्यार्थी कमजोर हुनुमा आठ नौ वर्षदेखि पढाउने स्कुलको पनि दोष हो कि विद्यार्थीको मात्रै ? एउटा विद्यार्थी फेल हुँदा ऊभन्दा बढी शिक्षक र स्कुल फेल हुन्छ भनेर पढेको थिएँ ।’

आफूले भोलिपल्ट विद्यालय गएर छोरीको ट्रान्सफर मागेको सुब्बाले बतनाएका छन् ।

फर्किदै गर्दा शिक्षकलाई भनेँ, ‘मेरी छोरीलाई जस्तो व्यवहार अरु विद्यार्थीलाई नगर्नू । हरेक बच्चा क्षमतावान हुन्छन् । एकै किसिमको क्षमता नराखे पनि विशेष क्षमता राख्छन् । बच्चाहरुलाई हतोत्साह नगर्नू । बच्चाको अघि उसको अभिभावकसँग बोल्दा सम्मानले बोल्नू, आर्थिक रुपमा गरीब परिवारकै किन नहोस् ।’

सुब्बाले आफ्नी छोरीलाई गायन, पेन्टिङ, नृत्य, अभिनयमा रुची राख्ने गरेको र फिक्सन पढ्न पनि रुचि राख्ने गरेको उल्लेख गरेका छन् । अब उनी छोरीलाई पढाउने अर्काे स्कुलको खोजीमा छन् ।

 

 


प्रतिक्रिया

4 thoughts on “छोरीलाई विद्यालयले अपमानित गरेको भन्दै उपेन्द्र सुब्बाले पोखे फेसबुकमा गुनासो

  1. विद्यालयको नाम नै लेखिएको छैन त , किन होला ?

  2. कुन विद्यालय ? नाम लेख्नु पर्ने थियो ।

  3. जावलाखेलमा रहेको डिएभी सुशील केडिया विश्व भारती स्कुल विद्यालयका शिक्षकले बिद्यार्थीमाथि गर्ने ब्यवहारले बिद्यार्थीको दिमागमा मनोबैज्ञानिक नकारात्मक असर पर्न सक्छ भनेर बुझ्नु पर्नेमा उल्टो खिस्याउने र गिज्याउने गरेर हतोत्साहित गर्दोरहेछ। त्यस्तो गलत ब्यवहार गर्ने बिद्यालयमा आफ्ना बालबालिका पढाएर कैयौं अभिभावकले आफ्ना बच्चाको भबिस्य बिगारिरहेको रहेछ भन्ने थाहा भयो ।

  4. This school don’t have manner of dealing with parents, the school management think they have support from embassy of India , so public can’t do anything against management. It was about 2062-2063 I almost hit teacher . The school prompt mostly Indian community of nepal which is fair enough but Nepalis student shouldn’t be demoralized.

    Nepali management school are much better in student management but all demanding bill have to pay on time, then management treat your child as prince and princes.
    Don’t need to expect so much from any school .

Leave a Reply

Your email address will not be published. Required fields are marked *