प्रधानमन्त्री भएर काम गर्न खोजेको थिएँ भोट पुगेन, जो भएपनि पाँच वर्ष खेर फाल्ने छुट छैन : गगन थापा – Nepal Press

प्रधानमन्त्री भएर काम गर्न खोजेको थिएँ भोट पुगेन, जो भएपनि पाँच वर्ष खेर फाल्ने छुट छैन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूहरुलाई पाँच बर्ष खेर फाल्ने छुट नभएको बताएका छन् । तनहुँमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अहिलेको पाँच बर्ष खेर फाले आफूहलाई देश बनाउने अवसर कहिल्यै नपाउने बताए ।

उनले भने, ‘प्रचण्ड, शेरबहादुर वा माधव नेपाल जो प्रधानमन्त्री भएपनि हामीले परिणाम दिनुपर्छ। मैले त म आफैं प्रधानमन्त्री हुन खोजेको थिए । तर, भोट पुगेन । काम गर्ने ठाउँमा सबैभन्दा धेरै प्रश्न गगनलाई देख्नुहुन्छ विश्वप्रकाशलाई देख्नुहुन्छ । किसानलाई देख्नुहुन्छ । अब त्यो लाइनमा तपाईंले गोविन्द भट्टराईलाई पनि देख्नुहुन्छ ।’

पार्टीको सरकारले गलत गर्दा पनि ताली बजाउने होइन, आफूहरुलाई प्रश्न गर्ने सांसद चाहिएको बताए । उनले नेपालमा भएका कुनैपनि खालखण्डको भ्रष्टाचारको फाइल खोल्नुपर्ने बताए । अहिलेको गठबन्धनको सरकारलाई असफल हुने छुट नभएको उनको भनाइ छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर