कर्णालीमा कांग्रेसले लगायो मन्त्रीहरुको टुंगो – Nepal Press

कर्णालीमा कांग्रेसले लगायो मन्त्रीहरुको टुंगो

सुर्खेत । कर्णाली प्रदेश सरकार पूर्णता पाएको छ । मंगलबार नेपाली कांग्रेस सहभागी हुनका लागि मन्त्रीको नाम टुंगो लगाएको छ ।

जाजरकोट प्रदेशसभा (ख) निर्वाचित बेदराज सिंह, सुर्खेत १ (क) बाट निर्वाचित सांसद खड्कबहादुर पोखरेल र दैलेख–१ (क) बाट निर्वाचित सांसद कृष्ण बिसी मन्त्रीका लागि सिफारिस भएका छन् ।

आर्थिक मामिला तथा योजना मन्त्रालयमा बेदराज सिंह, सामाजिक विकास मन्त्रीमा खड्ग पोखरेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा बिसी सिफारिस भएका छन् । नयाँ मन्त्रीहरुकाे सपथ भाेलि हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर