दक्षिण एसियाली किसान मञ्चको नयाँ नेतृत्व चयन गर्दै ३९ बुँदे निर्णय पारित – Nepal Press

दक्षिण एसियाली किसान मञ्चको नयाँ नेतृत्व चयन गर्दै ३९ बुँदे निर्णय पारित

काठमाडौं । दक्षिण एसियाली किसान मञ्चको ९ सदस्यीय नयाँ नेतृत्व चयन भएका छन् । अखिल नेपाल किसान महासंघको आयोजनामा भएको दक्षीण एसियाली किसान सम्मेलन झापाले ९ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो ।

अध्यक्षमा अखिल नेपाल किसान महासंघका अध्यक्ष डा. प्रेम दंगाल, उपाध्यक्षमा बंगलादेशबाट निमाइ गांगुली तथा भारतबाट एक उपाध्यक्ष र सदस्यको नाम पछि पठाउने गरी निर्णय गरिएको छ ।

महासचिवमा पाकिस्तानका तारिक महम्मद, सचिवमा भारतका पिभि रामाराज सुन्दर र श्रीलंकाकी सिवानी दिपा र सदस्यमा नेपालबाट अखिल नेपाल किसान महासंघकी उपमहासचिव सरिता भुसाल र वंगलादेशबाट परेशरन्जन खार निर्वाचित भएका छन् ।

झापाको झिलझिलेमा भएको सम्मेलनको उद्दघाटन नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए । ओलीले विश्वव्यापीकरण र उदारवादी अर्थनीतिका कारण किसानका अधिकारहरु हनन् हुँदै गएको सन्दर्भमा आयोजित सम्मेलनले दक्षीण एसियाका किसानहरु एकजुट हुनु पर्नेमा जोड दिए ।

सम्मेलनमा दक्षिण एसियाका नेपाल, भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाका किसान नेताहरु सहभागीता रहेको थियो । सक्रममा यसैवर्ष आयोजना गरिने समूह २० देशहरुको भारतमा हुने सम्मेलनका क्रममा किसानका समस्या उठाउने, किसानका मुद्धाहरु दक्षिण एसिया क्षेत्रीय सहयोग संगठन (सार्क) सचिवालयमा प्रस्तुत गर्ने समेत कार्ययोजना बनाई सम्मेलनले झापा घोषणापत्र जारी गरेको छ ।

यो संगठनको सचिवालय नेपालमा रहने र यसको संचालन अखिल नेपाल किसान महासंघले गर्ने निर्णय भएको छ ।

यसैगरी अखिल नेपाल किसान महासंघको सातौ राष्ट्रिय महाधिवेशनले नेकपा (एमाले) केन्द्रीय सदस्यसमेत रहेका डा. प्रेम दंगाललाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको छ ।

दंगालको नेतृत्वमा २०१ सदस्यीय केन्द्रीय समिति सर्वसम्मत चयन गरेको छ । महाधिकेसन चैत ३० देखि बैशाख २ गतेसम्म झापाको दमकमा भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर