रुपन्देहीमा बढ्याे गर्मी, तातो हावाले जनजीवन प्रभावित – Nepal Press

रुपन्देहीमा बढ्याे गर्मी, तातो हावाले जनजीवन प्रभावित

रुपन्देही । चैत मसान्तसम्म सामान्य रहेको यस क्षेत्रको गर्मी वैशाख लागेसँगै ह्वात्तै बढेको छ । मंगलबार भैरहवामा देशकै सबैभन्दा बढी तापमान गरिएको छ । भैरहवा र नेपालगन्जमा सबैभन्दा धेरै ४१ डिग्री सेल्सियस तापक्रम मापन भएको छ ।

दिउँसो २ः२५ मिनेटको तापक्रम मापनअनुसार बुटवलमा ४० डिग्री सेल्सियस तापक्रम छ । तापक्रम मापनमा विश्वव्यापीरुपमा विश्वसनीय मानिने एक्कुवेदर डटकमका अनुसार बढ्दो तापक्रमका कारण बुटवलको हावाको गुणस्तर एकदमै खराब देखिएको छ ।

वायु प्रदुषण हुने र यसले बालबालिका, वृद्धवृद्धा र विरामीको श्वास प्रस्वासमा असर पु¥याउने चिकित्सकहरु बताउँछन् । वैशाख लागेसँगै चुरे तथा पहाडी क्षेत्रमा बढेको डढेलो तथा तराई क्षेत्रमा गहुँको बोटमा लगाइएको आगोले गर्मी बढेको र वायु प्रदूषण बढेको विज्ञहरुको भनाइ छ ।

गर्मीसँगै तातो हावाले जनजीवन प्रभावित भएको छ । गर्मीमा अत्यावश्यक कामवाहेक घर बाहिर ननिस्कन, निस्कुनु परे छाता ओढेर हिंड्न र प्रशस्त पानी पिउनुपर्ने सुझाव फिजिसियन डाक्टर नन्दु पाठकको छ ।

बढ्दो गर्मीसंगै झाडा पखाला,लगायतका मौसमी रोगहरुको संक्रमण बढ्ने भएकाले स्वास्थ्यमा विशेष सतर्कता अपनाउनुपर्ने उनको आग्रह छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर