शंकर पोखरेलको दाबी : गठबन्धनको भविष्य धेरै लामो छैन – Nepal Press

शंकर पोखरेलको दाबी : गठबन्धनको भविष्य धेरै लामो छैन

सुर्खेत । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सत्ता गठबन्धन पूर्णरुपमा असफल भएको दाबी गरेका छन् ।

मंगलबार कर्णाली राजधानी सुर्खेत वीरेन्द्रनगरमा एमाले संगठन सुदृढीकरण तथा विस्तार मिसन ग्रासरुट अभियानअन्तर्गत बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले १० दलीय गठबन्धन स्वार्थमा आधारित भएको बताए ।

विगतमा १५ महिनामा पाँच दलीय गठबन्धनले गतिविधिले मुलकलाई आर्थिक संकट ग्रस्त अवस्थामा पुर्याउने काम गरेको पोखरेलको दाबी छ ।

उनले भने, ‘हामी वर्तमान स्थानीय चुनावमा गठबन्धनका कारण सोचेको जस्तो परिमाण प्राप्त गर्न सकेनौं । नेपाली कांग्रेसलाई भनेको थियौं निर्वाचनमा एक्ला एक्लै लाग्यौं भनेर तर मानेनन् । यदि एक्लाएक्लै चुनावमा भिडेको भए एमालेले अहिलेको भन्दा दोब्बर मत प्राप्त गर्ने थियौं ।’

पार्टीका नेताको मन जित्ने नभएर कार्यकर्ताको मन जितेर एमालेलाई बलियो बनाएर अगाडि बढ्नुपर्ने पोखरेलले बताए ।

महासचिव पोखरेलले नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धन धेरै लामो भविष्य नभएको र आफैं नै संकटमा रहेको धारणा राखे ।

उनले भने, ‘मुलक अहिले आर्थिक संकटमा गुज्रिएको छ । यदि एमालेले नेतृत्व गर्न पायौं भने यी कुराहरु समाधान भएर जाने छन् ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले एमालेलाई धोका दिएको होइन प्रचण्डले आफैंलाई धोका र माओवादी आन्दोलनलाई पनि नराम्रोसँग धोका दिएको बताए ।

प्रचण्डले माओवादी आन्दोलनको भविष्य असुरक्षित बनाउने काम गरेको पोखरेलले आरोप लगाए ।

पोखरेलले नेकपा एमालेलाई पहिलो पार्टीका रूपमा राजनीतिलाई स्थायीत्व गर्नका लागि दुई महिने मिसन ग्रासरुट अभियान सञ्चालन गरेको बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर